रुपन्देहीको कोटहीमाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा



भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र घोषणाका लागि अनुमति पाएका हुन्।

पालिका अध्यक्ष बालकृष्ण तिवारीले पालिकामा रहेका लक्षित समूह ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएको जानकारी दिए।

कोटहीमाईमा लक्षित समूहका केही रोजगारीको शिलशिलामा पालिका बाहिर रहेकोले सर्वेक्षण र घरधुरीको आधारमा ९८ प्रतिशतले खोप पूरा गरेको स्वास्थ्य शाखा प्रमुख राम निवाश यादवले भने। उनका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्