फ्रेन्च लिग वान : रेन्नेससँग पिएसजी पराजित



काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ। आइतरबार राति भएको दोस्रो खेलमा पिएसजी रेन्नेससँग २–१ ले पराजित भएको हो।

रेन्नेसको घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो। खेलको ३६औं मिनेटमा एडिन्सन काभानीको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएको थियो।

तर, खेलको ४४औं मिनेटमा रेन्नेसका एम‘बय नियांगले गोल गर्दै खेल बराबरीमा ल्याए। यस्तै खेलको ४८औं मिनेटमा रोमेइन डेल क्यास्टिलोले गोल गर्दै रेन्नेसलाई २–१ को अवस्थामा पुर्याए। तर, त्यसपछि दुवै टोलीबाट गोल भएन र पिएसजी पराजित भयो।

जितसँगै रेन्नेस तेस्रो स्थानमा उक्लिएको छ। यता, पराजित पिएसजी भने आठौं स्थानमा झरेको छ। पिएसजी मुख्य खेलाडी नेइमार बिना मैदान उत्रिएको थियो।

प्रतिक्रिया दिनुहोस्