रोनाल्डोले सम्झिए २०१६ को युरो कप फुटबलको फाइनल



काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सन् २०१६ को युरो कपको फाइनल खेल सम्झिएका छन्। ‘द मेकिङ अफ’का विषयमा डिएजेडएनसँगको अन्तर्वार्ताका क्रममा रोनाल्डोले फाइनल खेलमा आफू घाइते भएको अवस्थालाई सम्झिएका हुन्।

सन् २०१६ को युरो कपको उपाधि फ्रान्सलाई १–० ले हराउँदै पोर्चुगलले जितेको थियो। सो खेलमा इडरको निर्णायक गोलमा पोर्चुगलले उपाधि जितेको थियो। सो खेलको २५औं मिनेटमा रोनाल्डो घाइते हुँदै मैदान बाहिरिएका थिए। रोनाल्डो आउट भएपछि उनको स्थानमा रिकार्डो क्वारेस्मा खेलेका थिए।

तर, पोर्चुगललाई फाइनलमा पुर्याउन भने रोनाल्डोले गोल गरेका थिए। रोनाल्डो र नानीको गोलमा पोर्चुगल उपाधि नजिक पुगेको थियो। फाइनल खेलमा घुँडामा चोट बोकेका उनी स्ट्रेचरमा मैदानबाहिर निस्किएका थिए।

सोही क्षण अवस्मरणीय रहेको भन्दै डिएजेडएनसँगको अन्तर्वातामा भनेका छन्। उनले सो अन्तर्वार्तामा उक्त बेला आफू घाइते हुँदा–हुँदै पनि खेल्न चाहेको बताएका थिए। उनले भने,‘म सो बेला घाइते थिएँ, चोटका बाबजुत पनि खेल्ने आँट गरेको थिएँ। तर, सकिँन। मैले यो कुरा कुनै पनि अन्तर्वार्तामा भनेको छैन। तर, त्यस हप्ताभरि मेरो घुँडा कमजोर भएको महसूस गरेको थिएँ।’

यस्तै उनले आफू घाइते भएर मैदानबाहिर निस्किएपछि आफ्नो टोलीले हार्ने जस्तो महसूस गरेको खुलाए। उनले भने, ‘मलाई लाग्यो मैले केही गर्न सकिँन, अब टोली पनि हार्छ जस्तो लागेको थियो। तर, हामीले उपाधि जित्यौं।’

प्रतिक्रिया दिनुहोस्