चीनमा एमबीबीएस पढ्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने



काठमाडौं । चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले नेपालमै पढ्न पाउने जनाएको हो ।

सन् २०१६ ब्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

सन् २०१६ ब्याचका करिब १३५ जना एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्नसीप गरी बढीमा दुई वर्षको अध्ययन नेपालमै गर्न सक्ने गरी अनुमति दिइएको डा। अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्