महिला प्रहरीले रियालिटी शोमा भाग लिएपछि जागिर धरापमा



एजेन्सी  : एक महिला प्रहरी अधिकृत अनुमतिबिना रियालिटी शोमा भाग लिएपछि विवादित भएकी छिन्।बेलायतको महिला प्रहरी अधिकृत खाफी करिमलाई नाइजेरियाको रियालिटी शोमा भाग लिन निषेध गरिएको थियो। तर उनले यसको ख्यालै नगरी कार्यक्रममा भाग लिएकी थिइन्।

यस कार्यक्रममा करिमलाई टीभी स्क्रिनमा केटा साथीहरुसँग सम्बन्ध बनाइरहेको पनि देखाइएको थियो। २९ वर्षीया करिमले भनेकी छिन्,' एक महिलाले आफ्नो छनौटको कारण लक्षित भइरहेको छु।' करिम इंगल्याण्डको मेट्रोपोलिटन पुलिसमा कार्यरत छिन्।रियालिटी शो पछि ती महिला पुलिस अधिकारी र एक पुरुष प्रतिस्पर्धीबीच घनिष्ट सम्बन्ध भएको थियो। उक्त सम्बन्ध टीभी शोमा देखाइएको थियो।

मिडिया रिपोर्टअनुसार ती महिलाको जागिरबाट हट्ने संभावना छ। उनले कार्यक्रममा जानुभन्दा पहिले तलबबिना छुट्टी लिएकी थिइन्।द सनको रिपोर्टअनुसार विभागले अब ती महिलाविरुद्ध छानबिन गर्नेछ। धेरै प्रयोगकर्ताहरुले सोसल मिडियामा महिला प्रहरी अधिकारीको बारेमा टिप्पणी गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, पुलिस विभागमा हुँदा अनुशासन पालना गर्नु आवश्यक छ।

अर्का प्रयोगकर्ताले लेखेका छन् यदि उनीहरुको ठाउँमा पुरुष अफिसर छ भने मानिसहरुले यसप्रकारका प्रश्नहरु उठाउँदैनन्। एक समय महिला पुलिस अधिकारीलाई विभागको पोस्टर गर्लको रुपमा पदोन्नति गरिएको थियो। उक्त महिलाको फोटो मेट्रोपोलिटन पुलिस कमिस्नरबीच चर्चाको भएको थियो।पछि उक्त तस्बिर महिला पुलिस भर्ना गरेको १०० वर्ष पूरा भएको अवसरमा प्रयोग गरिएको थियो।

मेट्रोपोलिसियन प्रहरीका अनुसार उनी बेलायटी पुलिस अफिसरका रुपमा सेवा गरिरहेकी थिइन्। उनले शोमा भाग लिनका लागि अनुमति मागे र स्वीकृति नपाए पनि उनी शोमा सामेल भइन्। यसकारण उनीसँग काम गरिरहेका अन्य प्रहरी अधिकारीहरु समस्यामा परेका छन्। अन्नपूर्णपोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्