चितवनका सडकमा गैरसंवैधानिक नारा लाग्न थाले सरकार : सांसद तामाङ



काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषयले मंगलबार प्रतिनिधिसभामा बैठकमा प्रवेश पाएको छ । आजको बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् ।

त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । उनले भने  ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ ।

त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस् , राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्