हाजार्डले भिल्लारियलसँगको खेलबाट ला लिगामा डेब्यू गर्ने



काठमाडौं : रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले भिल्लारियलसँगको खेलबाट ला लिगा फुटबलमा डेब्यू गर्ने भएका छन्। चोटका कारण ला लिगाको पहिलो खेल गुमाएका बेल्जियम स्टार हाजार्डले भिल्लारियलविरुद्धको खेलबाट ला लिगामा डेब्यू गर्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

नयाँ सिजनको ला लिगाको तेस्रो खेलमा रियलले आउँदो सेप्टेम्बर २ मा भिल्लारियलसँग खेल्नेछ। त्यसअघि रियलले भालाडोलिडसँग खेल्नेछ। यो खेल आउँदो शुक्रबार राति रियलकै घरेलु मैदानमा हुनेछ। त्यसपछिको खेलमा मात्र हाजार्डले खेल्न पाउने छन्।

हाजार्ड केही समय अघिदेखि तिघ्राको चोटका कारण मैदानबाहिर छन्। यसै सिजन इङ्लिस क्लब चेल्सीबाट रियल आएका हाजार्डले प्रि–सिजनका सबै खेल खेलेका थिए। रियल मड्रिडको मेडिकल टिमले रियलको तेस्रो खेलदेखि हाजार्डले सहभागिता जनाउने जानकारी दिएको छ। उनी सो खेलदेखि ला लिगामा डेब्यू गर्न तयार रहेको मेडिकल टिमले जनाएको छ।

रियलले पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ ले पराजित भएको थियो।  अभ्यासका क्रममा चोट बोकेका हाजार्ड एक महिनासम्म मैदानबाहिर रहन सक्ने सम्भावना रहेको थियो। तर, उनी चाँडै ठीक भएको रियल मड्रिडको स्टाफ टिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्