पत्नी सीताको उपचारका लागि गृहमन्त्रीसहित म्याग्दी पुगे नेकपा अध्यक्ष



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल सोमबार बिहान म्याग्दीको तातोपानीमा पुगेका छन् । पत्नी सीता दाहालसहित अध्यक्ष प्रचण्ड तातोपानी पुगेका हुन् ।   

पत्नी सीताको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष दाहाल परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेको भएको बताइएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । सोही विश्वासका कारण मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

अध्यक्ष दाहालसँग जीवन संगिनी सीता दाहालसहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहेका छन् ।  उनका साथमा गृहमन्त्री रामबहादुर थापा र उनकी जीवन संगिनी नैनकला थापा पनि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्