यु–१५ साफ च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार



काठमाडौं : पाँचौं संस्करणको यु–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। भारतको कल्याणीमा बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोलको फराकिलो अन्तरमा पराजित भएको हो।

भारतको जितमा अनिश मजुम्दारले २ तथा महेसोन सिंह, नोङमेइकापाम र सुभो पाउलले १–१ गोल गरे। भारतले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो। नेपालले कुनै पनि समय भारतको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा ५–० को फराकिलो हार व्यहोर्यो।

उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्