वीरगञ्जमा लागूऔषधसहित दुई युवक पक्राउ



वीरगञ्ज : वीरगञ्जबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले ललितपुर पाटन महानगरपलिका वडा नं ८ बस्ने २३ बषिर्य सागर कार्की र सोही महानगरपालिकाको वडा नं ९ बस्ने २० बषिर्य राजेश कुचिकारलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई वीरगञ्ज भन्सारस्थित सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १६ भन्सार मुलगेटबाट नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी नायब निरीक्षक नरबहादुर राना मगर नेतृत्वको टोलीले उनीहरुको साथबाट डाईजेल्याब ३९ वटा, नुर्फिन ३६ वटा र फेनार्गन ४० वटा बरामद गरेको थियो ।

भारतीय सीमावर्ती शहरबाट शरीरमा सेट गरी लागूऔषध लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि ईनर्वा प्रहरी चौकीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्