गेस्ट हाउसमा एक जोडीको रहस्यमय मृत्यु



काठमाडौं : काठमाडौंको नयाँ बसपार्कस्थित मोरङपर्वत गेस्ट हाउसमा एक जोडीको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीय सविना बजगाँइ रहेका छन्।

गोंगबुमा रहेको मोरङ–पर्वत गेस्ट हाउसको १११ रुम नम्बरमा मृत अवस्थामा फेला परेका हुन्। उनीहरू बेडमा सुतेको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले उनीहरूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्