झोलुंगे पुल मोटरसाइकललार्इ कि पैदलयात्रुलार्इ ?



पर्वत : झोलुंगे पुल पहाडी नदीखोलाहरूमा एउटा किनारबाट अर्को किनारसम्म जोड्न फलामे लठ्ठा तानेर बनाइएको बाटो हो । झोलुंगे पुलहरू पैदलयात्रुको आउजाउका लागि बनाइन्छ । पर्वतका अग्ला झोलुंगे पुलहरूमा मोटरसाइकल कुदाउने पैदलयात्रुभन्दा धेरै हुन थालेका छन् । 

कुश्मा–मुडिकुवा र कुश्मा–कैया जोड्न बनेका दुईवटा झोलुंगे पुलमा पैदलयात्रुको भन्दा मोटरसाइकलको चाप बढी हुन्छ । बिहानदेखि साँझसम्म यी दुवै पुलमा मोटरसाइकलमा सवार गर्नेहरूको चाप थेगिनसक्नु हुने गरेको स्थानीय बताउँछन् ।

 

चाडपर्व र पर्यटकको सिजनमा त झन् घुम्न आउनेहरूले पुलमा लस्करै बाइक चलाउने गरेका छन् । सिंगल स्पानको पुलमा एउटा बाइक गुडाएपछि यात्रुलाई पैदल हिंड्न असहज हुन्छ । कहिलेकाहीं मोटरसाइकलकै कारण पैदल यात्रुलाई हिंड्डुल गर्न समस्या हुने गरेको मुडिकुवाका शालिग्राम लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्