मोटाएर हैरान हुनुहुन्छ ? यस्तो छ घटाउने सजिलो उपाय



गर्मी महिनामा भन्दा जाडो महिनामा बढी खाना रुच्ने हुनाले जाडो महिनामा मोटोपन बढ्ने सम्भावना धेरै हुन्छ । 

मोटोपन घटाउन निम्न विधि प्रयोग गर्न सकिन्छ ।

हरियो तरकारी, सलादका रुपमा गाँजर, मुला, काँक्रो, टमाटर सेवन गर्ने । 

ताजा फलफूलको प्रयोग गर्ने । तर, केरा र आँपको भने सकेसम्म प्रयोग नगर्ने । 

दुईवटा मझौला आकारको आलुसम्म प्रयोग गर्न सकिन्छ ।

दैनिक एक कचौरा दालको प्रयोग गर्ने ।

गुलियो बिस्कुट, केक नखाने ।

चिनी, चकलेट, आइसक्रिम प्रयोग नगर्ने ।

जाम, घ्युउ, तेलमा तारेका खाद्यपदार्थ, मदिराको प्रयोग नगर्ने ।

प्रतिक्रिया दिनुहोस्