प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर हिँडेका एनआरएनएका अध्यक्षलाई विमानबाट निकालियो



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लगेका नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ ।

शनिबार राति १० बजे सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) बोइङ विमानबाट सिंगापुर जान लागेका उनले अभद्र व्यवहार गरेको आरोपमा विमानस्थलबाटै फर्काइएको हो ।  

मदिरामा लठ्ठिएर विमानका कर्मचारी र प्रहरीसँग अभद्र व्यवहार गरेको उनले आवश्यक सम्पूर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका थिए । तर, क्याप्टेनले अत्याधिक मदिरा सेवन गरेको व्यक्तिलाई बोकेर उडान गर्न नसक्ने बताएपछि उनलाई विमानबाट निकालिएको विमानस्थल स्रोतले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस्