टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेखराज बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जना छन्। उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्