विभिन्न देशको मुद्रा सहित भारतीय नागरिक पक्राउ



काठमाडौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्‍याम भाइ पटेल रहेका छन्। फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर ३ हजार ६००, पाउण्ड स्टर्लिङ २ हजार १३०, युरो ३ हजार ४००, यूइई दिराम ४ हजार ४६५ केनिया सिलिङग्स ४ हजार ६५० लगायतका मुद्रा बरामद गरेको छ। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्