प्रचण्डले पहिलोपटक बोलाए नेकपा सचिवालय बैठक



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन्। ओलीको अनुपस्थितिमा पनि बैठक बोलाउने अधिकार पाएसँगै प्रचण्डले बैठक आह्वान गरेका हुन्।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो १ बजेका लागि डाकिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटीबारे छलफल हुने तय भएको छ। 

प्रतिक्रिया दिनुहोस्