आजको राशिफल : भाद्र ९, सोमबार



आज – ०९ भाद्र २०७६ सोमवार को राशिफल

काठमाडौँमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०५ पला । अजा एकादशी व्रत ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामापनि सफलता पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कामको थालनी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्यमा व्यवधान आइपर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्