डार्क सर्कलबाट छुटकारा पाउन यसाे गराैं



अाँखामुनि देखिएको कालो धर्सा अर्थात् डार्क सर्कलले तपाइको पूरै अनुहारको रौनक फिक्का गराइरहेको हुन्छ । निन्द्राको कमी, घामको प्रकाशको असर, एलर्जी लगायत कारणले यस्तो समस्या देखिन्छ । अाँखामुनि दैनिक रुपमा क्रिम लगाउँदा यस्तो समस्याबाट केही हदसम्म बच्न सक्नुहुन्छ तर यो पुर्ण उपचार होइन । 

यसका लागि तपाईले प्राकृतिक घरेलु विधी अपनाउन सक्नुहुन्छ । डार्क सर्कलको उपचारको लागि सबैभन्दा प्रभावकारी तत्व दुध हो । दुधमा रहेको भिटामिन ए र बी–६ ले नयाँ स्किन सेल्स बनाउन मद्दत गर्छ । जसका कारण अनुहार स्वस्थ देखिन्छ । दुधमा रहेको ल्याक्टिन एसिडले अनुहार चम्किलो बनाउँछ ।


दूध र गुलाबजल 

गुलाबजलमा रहेको एन्टिसेप्टिक र एन्टिब्याक्टेरियल गुणले सुख्खापन र अनुहारको रातोपन कम गर्न मद्दत गर्छ । यसका लागि तपाईले चिसो दुध र गुलाबजलको समान मात्रामा मिसाउनु पर्ने हुन्छ । त्यसपछि कपासको एउटा टुक्रा लिनुहोस् र त्यसलाई यसरी मिश्रण भएको पानीमा डुबाएर गिलो बनाउनुहोस् । यसलाइ आफ्नो आँखामुनि लगाउनुहोस् । २० मिनेटसम्म छोड्नुहोस् । त्यसपछि चिसो पानीले धुनुहोस् । तपाईले हप्तामा दुई वा तीनपटकसम्म यस्तो गर्दा डार्क सर्कल कम हुदै जान्छ । 


दूध र बदाम 

एक मुठ्ठी बदामलाई पानीमा डुबाएर रातभर राख्नुहोस् । यसरी भिजेको बदामलाई बिहान पेस्ट बनाउनुस् । यस पेस्टमा आधा चम्चा दूध (नतताएको) मिसाउनुहोस् । यस मिश्रणलाई डार्क सर्कलमा लगाउनुहोस् । र केही मिनेटका लागि सुकाउनुहोस् । त्यसपछि धुनुहोस् । यस्तो पेस्टमा मह मिसाएर थप प्रभावकारी बनाउन सकिन्छ


दुध र मह

महमा हाइड्रेटिङ प्रपर्टी हुन्छ । जसले छालालाई मोस्चराइज गर्छ र मुलायम बनाउँछ । यस विधिका लागि एक चम्चा दुध र मह जरुरी हुन्छ । दुधलाई हल्का तातो बनाउनुहोस् र त्यसमा मह मिसाएर अाँखामुनि लगाउनुहोस् । १५ देखि २० मिनेटसम्म छाड्नुस । २० मिनेटपछि सुख्खा बनाउनुहोस् । तपाईले हप्तामा २ वा ३ पटक यस्तो गर्नुभयो भने बिस्तारै समस्या कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्