हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार



काठमाडौं : हङकङमा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ। दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। प्रहरीले ३६ जनालाई गिरफ्तार गरेको छ। 

news

भिक्टोरिया पार्कमा भेला भएका प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको छ। यस्तै प्रहरी र प्रदर्शनकारीबीच भएको झडप नियन्त्रणका लागि अश्रु ग्याससमेत प्रहार गरीएको छ । जसका कारण दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।

अपराध र बलात्कार आरोपीलाई मुख्य भूमी चीनमा सुपुर्दगी गर्ने सम्बन्धी विधेयक ल्याएपछि त्यसको विरुद्धमा आन्दोलन चर्किएको हो।

प्रतिक्रिया दिनुहोस्