कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु, ८ सय ६८ संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोेहि अवधिमा ८ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

६ हजार ७ सय ५ नमूना परीक्षण गर्दा ८ सय ६८ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ६ सय १४ नमूनाको पीसीआर र ३ हजार ९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो ।

जसमध्ये पीसीआरबाट ४ सय ९६ र एन्टिजेन विधिबाट ३ सय ७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्