‘विश्वविद्यालयले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छ’



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन् ।

उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताएका छन् ।  विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

देउवाले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगी, रोजगारमूलक बनाउनुपर्नेमा जोड दिएका छन् । देउवाले विश्वविद्यालयका समस्यालाई आपसी संवादमा समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्