जग्गा विवादको मुद्दा बढ्दो 



सिरहा : गोलबजार नगरपालिकामा जग्गा विवादको मुद्दा दर्ताको संख्या बढेको छ । उपमेयरको नेतृत्वमा गठित न्यायिक समितिमा अन्यभन्दा जग्गा विवादको धेरै मुद्दा दर्ता भएको हो ।

गोलबजार नगरपालिकाका कानुनी स्वकिय सचिव चेत बहादुर थापाका अनुसार जग्गा विवाद मुद्दा बाहेक लेनदेन, श्रीमान–श्रीमतीबीचको विवाद, वृद्धा आमाबुवा र छोराछोरीबीचको विवाद र बाटो विवादको मद्दा दर्ता भएका छन् । घरबहाल विवाद पनि निकै आउने गरेको स्वकिय थापाले बताए । 

स्वकिय थापाले उपलब्ध गराएको तथ्यांक अनुसार यस आर्थिक वर्ष १३५ मुद्दा न्यायिक समितिमा दर्ता भएका छन् । जसमध्ये ४५ मुद्दा मेलमिलाप गरी छिनोफाने गरिएको छ । 

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ अनुसार २१ ओटा र उपदफा २ अनुसार ४५ मुद्दा मेलमिलापद्वारा किनारा लगाइएको स्वकिय थापाले जानकारी दिए । त्यस्तै नगरपालिकामा दर्ता भएका २८ मुद्दा मिलापत्र हुन नसकेको पनि थापाले बताए । हाल ५० मुद्दा कारवाही प्रकृयामा रहेको थापाले बताए । 

 

प्रतिक्रिया दिनुहोस्