महाकाली नदीमा बगेर बैतडीका २ किशोरी बेपत्ता



काठमाण्डौ । महाकाली नदीमा बगेर बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमाटा र १५ वर्षीया सङ्गीता टमाटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिएका छन् ।

शुक्रबार दिउँसो नुहाउनेक्रममा महाकाली नदीको नगतडीबाट बेपत्ता भएका उनीहरुको बारेमा ढिलो जानकारी प्राप्त भएको र खोजी थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस्