भक्तपुर क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया हुने



भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरूको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरूको शल्यक्रिया सेवा सुरु गरेको जानकारी दिए।

देशभरिका क्यान्सर रोगीहरूको उपचार गर्दै आएको अस्पतालले भक्तपुर नगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको अस्पतालको नयाँ व्यवस्थापन समिति आएपछि उच्च मनोबलका साथ काम गर्ने क्रममा सबै रोगको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको उनले बताए।

उनले अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको बताए।

प्रतिक्रिया दिनुहोस्