निजी आवास पुर्ननिर्माणको गति सुस्त



काठमाडौं : भूकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ। सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुर्ननिर्माणमा ढिलाइ भएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशी गुरुङले बताए।

नगरपालिकामा पुनःनिर्माणका लागि लाभग्राही सङ्ख्या छ हजार १७४ रहेकामा एक हजार ६५२ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माण गरेको कार्यालयले जनाएको छ। प्रवलीकरणबाट सजिलै पुर्ननिर्माणमा जान सकिए पनि पुर्ननिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन।

पुर्ननिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम  जुटाउनुपर्ने र प्रवलीरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुर्ननिर्माणको गति सुस्त भएको इञ्जिनीयिर गुरुङले जानकारी दिए। उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने पाँच  हजार ६२ र दोस्रो किस्ता लिने दुई हजार ८५ लाभग्राही छन्।

करीब तीन हजार लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर निजी आवास पुर्ननिर्माण सुरुआत नै नगरेको कार्यलयले जनाएको छ। धेरैले प्रवलीकरणमा सामान्य मर्मत गरे पुग्छ भनेरै पुर्ननिर्माणबाट प्रवलीकरणमा आउन चाहँदैनन्। 

प्रतिक्रिया दिनुहोस्