अभियान लघुवित्तको आईपीओ बाँडफाँट 



काठमाडौं । अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन्।

यो आईपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकोमा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ।

अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।   

 

प्रतिक्रिया दिनुहोस्