समाजवादी पार्टीले टुंगो लगायो प्रदेश ईन्चार्ज



काठमाडौं : सत्तारुढ दल समाजवादी पार्टीले प्रदेश इन्चार्जको टुंगो लगाएको छ। तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीचको एकीकरण पश्चात प्रदेशको ईन्चार्ज तोकिएको हो। 

समाजवादी पार्टीको बालकुमारी स्थित केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारी बैठकले प्रदेशको ईन्चार्ज चयन गरेको छ। समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीका अनुसार  प्रदेश १ र २ बाहेक पाँच वटै प्रदेशको ईन्चार्ज टुंगो लागेको बताए। 

प्रदेश २ को ईन्चार्जमा कृष्ण ध्वजू, गण्डकी प्रदेशको ईन्चार्जमा गणेशमान गुरुङ, प्रदेश ५ को ईन्चार्जमा दानबहादुर चौधरी, प्रदेश ६ को ईन्चार्जमा राजन केसी र सुदूरपश्चिम प्रदेशको ईन्चार्जमा होरीलाल चौधरी चयन भएको अधिकारीले बताए। 

प्रदेश १ मा संगठन एकीकरणको कार्य जारी रहेकाले त्यहाँ पछि ईन्चार्ज तोकिने छ। प्रदेश २ हाललाई केन्द्रले नै हेर्ने र पछि ईन्चार्ज तोकिने बताईएको छ। यसैगरी सहईन्चार्ज, बिभिन्न बिभागको एकीकरण सहित जिम्मेवारी बाँडफाँड समेत भएको छ। 

बैठकमा अगामी उपनिर्वाचनमा सहभागि हुने निर्णय भएको छ। त्यसको तयारीकालागि स्थानीय कमिटीलाई जुटन बैठकले निर्देशन दिएको छ। संगठन निर्माणकालागि अभियान शुरु गर्ने निर्णय बैठकले गरेको छ। अभियानका क्रममा संगठन बिस्तारको समेत काम हुने बताईएको छ।

 

प्रतिक्रिया दिनुहोस्