खोटाङ जिल्ला अस्पतालमा भाइरलका बिरामी बढे



खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामी बढेका छन्। १ सातायता जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएको भन्दै बिरामीहरू आइरहेका छन्।

जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार १ सय ६० जना आएको जिल्ला अस्पताल खोटाङका डा.पुष्कल राईले बताए। अन्य दिन कम्तीमा १ सय बिरामी आएका थिए। चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोभिड-१९ को लक्षण देखिएको डा. राईले बताए।

भाइरलबाट स्वयम् जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ग्रसित छन्। भाइरलले स्वास्थ्यकर्मी नै बिरामी परेपछि अस्पताल आउने बिरामी समस्यामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्