शुभचिन्तकलाई प्रधानमन्त्री ओलीको सन्देश 



काठमाडौं : सिंगापुरस्थित नेश्नल मेडिकल यूनिभर्सिटिमा उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाललाई फोन गर्दै ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकहरुलाई सन्देश पठाएका हुन् । 

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले द नेपालटपसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपा केन्द्रीय सदस्य दाहालसँग फोन वार्ता गरी शुभचिन्तकहरुलाई यस्तो सन्देश पठाएको पुष्टि गरे । 

प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ता भित्र आफूले पूर्ण स्वास्थ्य लाभ गरेर स्वदेश फर्कने जानकारी पनि गराएका थिए । दाहाल यसअघि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाकारका रुपमा थिए । 

   

 

प्रतिक्रिया दिनुहोस्