बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं : सुनको मूल्य आज (बिहीबार) फेरि बढेको छ । 

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँका दरले बढेको हो । 

सुन बिहीबार तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँका दरले बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्