बुवाआमाले माया नगर्ने गरेको भन्दै छोराछोरी पुगे प्रहरी थाना



एजेन्सी : भारतको गाजियाबाद शहरको सिहानी गेट थानामा बुधवार अनौठो उजुरी आएको छ। दाजुबहिनी थाना पुगेर आफ्नै आमाबुवाविरुद्ध उजुरी दर्ता गराउन पुगेका हुन्। 

थाना प्रभारी उमेश बहादुर सिंहले दुवैजनासँग कुरा गर्दा उनीहरूले भने, ‘आमाबुवा हामीलाई माया गर्दैनन्। सानो भाइलाई मात्र माया गर्छन्।’ दाजु बिकम अनि बहिनी बीएससी पढिरहेका छन्। प्रहरीले दुवैजनालाई सम्झाइबुझाइ गरिरहेको छ। मातापितासँग पनि कुरा गर्ने बताएको छ। 

आफ्नो पिता व्यापारी भएको दाजुबहिनीले बताए। आफूहरूको सानो भाइ पनि भएको र मातापिताले उसैलाई मात्र माया गर्ने उनीहरूले बताए। भाइलाई जे गर्न पनि छुट रहेको अनि आफूहरूले चाहिँ कतै जानुपर्‍यो भने पनि अनेकथरी प्रश्न सोध्ने गरिएको उनीहरूको गुनासो छ। यसको विरोध गर्दा आफूहरूलाई गाली गरिने उनीहरूले बताए। 

प्रतिक्रिया दिनुहोस्