कमिशनको नाममा चिया पनि नखाएको ब्रह्मदेवको दाबी



जनकपुरधाम : औरही गाउँपालिका धनुषाका अध्यक्ष ब्रम्हदेव यादवले आफूले गाउँपालिकाको विकास र जनसेवामा समर्पित हुँदै काम गरिरहेको बताएका छन् । 

द नेपालटपसँग कुरा गर्दै गाउँको विकास जनताको समृद्धिको लागि कसैसँग सम्झौता नगर्ने बताएका छन् । उनले गाउँको विकास निर्माणको सन्दर्भमा अध्यक्षका हैसियतले नीति निर्माण गर्ने काममा संलग्न रहेपनि कार्यान्वयन तहमा आफ्नो प्रत्यक्ष हस्तक्षेप र संलग्नता नरहेको स्पष्ट पारेका छन् । 

विजुलीबत्ति, ढुंगारोडा हाल्ने र कल्भर्ट बनाउने कोटेशनको काममा गाउँपालिका अध्यक्षको प्रत्यक्ष हात नहुने बताउँदै यी लगायतका काममा गुणस्तरीय हिन काम गरेमा कसैलाई नछोड्ने पनि दाबी गरे । 

उनले सिएफएल चिममा २४ लाख अनियमितता गरेको कुरा समेत गलत भएको बताउँदै गएको आर्थिक वर्षमा उक्त कामको लागि चार लाख १७  हजार तीन सय र चार लाख ६७ हजार दुई सय निकासा गरिएको बताए । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा चार लाख ६९ हजार तीन सय ५० र रु.तीन लाख ४३ हजा ९ सय ४५ रुपैयाँ गरी जम्मा १६ लाख ९१ हजार ८ सय ९९ रुपैयाँ निकासा गरिएको बारे जानकारी दिए । 

गाउँपालिकाको ईट्टा भट्टमा शेयर पनि नरहेको उनले बताए । 

द नेपालटपमा अध्यक्ष यादवका विषयमा विकासको नाममा लाखौँ कुम्ल्याउँदै शीर्षमा प्रकाशित समाचार प्रति असन्तुष्टि व्यक्त गर्दै आफू भ्रष्टाचारमा संलग्न नभएको बताएका छन् । उनले भने–मैले पालिका अध्यक्षमा जिते पछि यसैलाई अन्तिम मानेको छैन । म भर्खर ४१ वर्षको भएँ । समाचार यसरी आयोकी बह्मदेवको राजनीतिलाई अहिले नै सकिदिउँ । म विरुद्ध द नेपालटपले केही फोटो र भिडियो पनि प्राप्त गरेको रहेछ । तर म मिडियामैत्री मान्छे भएकाले पत्रिकारितालाई सम्मान गर्दै के भन्न चाहान्छु भने ढुंगारोडा हाल्ने र कल्भर्ट बनाउने कोटेशनको काममा गाउँपालिका प्रमुखको प्रत्यक्ष हात हुँदैन । मैले पनि ग्राभेल र कल्भर्ट निर्माणको काम गुणस्तरहिन भएको सुनेको छु । गुणस्तरहिन काम गर्ने केहीको भुक्तानी पनि रोकेको छु ।

उनले थप्दै भने–म बाट नजानेर केही गल्ति भएको होला तर जनताको काम गर्दा एक रुपैयाँ कमिशन त टाढाको कुरा हो कसैको एक कप चिया समेत खाएको कसैले प्रमाणित गर्न सक्यो भने राजनीतिबाट सन्यास लिएर टिउसन पढाएर परिवार चलाउँछु , पेट पाल्छु । 

अन्त्यमा द नेपालटपले विश्वसयि समाचारहरु मात्रै प्रकाशन प्रशारण गरेर हामी जस्ता जनप्रतिनिधीहरुको गल्तिकमिकमजोरी औँल्याउनु त पर्छ तर आधारबिनाका समाचारहरु प्रकाशन गरेर कसैको चरित्र हत्या गर्नु हुन्न । म पनि द नेपालटपको पाठक भएकाले सुझाव दिएको हुँ । द नेपालटप अघि बढ्दै जाओस् , लाखौँ पाठक बनाउँदै अगाडी बढोस् शुभकामना ।

प्रतिक्रिया दिनुहोस्