कैलालीमा १ महिला मृत फेला



धनगढी । कैलालीमा १ महिला मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन्।

बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ। उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ।

सोही ठाउँमा संचालित १ लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन्। लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्