साग क्रिकेटका लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा



काठमाडाैं : दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटका लागि ३५ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन्। बन्द प्रशिक्षण भदौ १५ गतेदेखि सुरू हुँदैछ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले ३५ सदस्यीय नेपाली टोली चयन गरेका हुन्।

टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह राजवंशी, विक्रम सोब, इशान पाण्डे, करन केसी, मोहम्मद असिफ शेख, विनोद भण्डारी, सुन्दिप  जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ, किशोर महतो, आरिफ शेख, सुसन भारी, अनिल कुमार साह, अविनाश बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, नन्दन यादव, रोहीतकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सोमपाल कामी, सागर ढकाल र सहाब आलम रहेका छन्। 

साउथ एसियन क्रिकेट प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुनेछ। टोलीमा सिनियर ३ खेलाडीसहित यू-२३ उमेर समूहका खेलाडी हुनेछन्। खेल ट्वान्टी-२० फरम्याटमा हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान सहभागी हुनेछन्।

सो प्रतियोगिता नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता देखाउने अवसर बन्नेछ। साथै नेपाललाई दक्षिण एसियाली स्तरमा राम्रा राष्ट्रहरूसँग प्रतिष्पर्धा गर्ने अवसरसमेत मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्