प्रहरीकाे फरार सूचीमा रहेका तामाङ पक्राउ



काठमाडौं : काठमाडौंको बौद्ध बस्ने पासाङ नोर्बु तामाङ ज्यान मार्ने उद्योग अन्तरगत पक्राउ परेका छन् ।

 

ज्यान मार्ने उद्धेश्यले २०७४ माघ १५ गते व्यक्तिमाथि कुटपिट गरेका तामाङलाई प्रहरीले फरार सूचीमा राखेको थियो । सोमबार दिउसो भारत जाने तयारीमा रहेका उनलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

 

उनीविरुद्ध महानगरीय प्रहरी वृत्तमा उजुरी दर्ता भएको थियो । विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेपछि वौद्ध वृत्तको जिम्मा लगाएको छ । अहिले तामाङमाथि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्