मकवानपुर क्षेत्र नम्बर २ बाट विरोध खतिवडाको नाम सिफारिस



हेटौंडा । नेकपा (एकिकृत समाजवादी) (एस) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य मन्त्री समेत रहेका विरोध खतिवडाको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रतिनिधिसभा सदस्य खतिवडालाई शनिबार भएको क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरिएको एस मकवानपुरका जिल्ला सचिव विष्णु दाहालले जानकारी दिए।

यसअघि खतिवडा २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएका थिए।

त्यस्तै खतिवडा २०४८,२०५१ र २०५६ मा भएको निर्वाचनमा पनि मकवानपुरबाट विजयी हुँदै सांसद बनेका थिए। ४ पटक सांसद बनिसकेका खतिवडा यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी सहित पाँच दलीय सत्तारुढ गठबन्धनबाट निर्वाचनमा उठ्दै छन्। 

प्रतिक्रिया दिनुहोस्