प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनमा दुःख व्यक्त गरेका छन। ओलीले कांग्रेस नेता गिरिको निधनबाट आफु मर्माहत भएको बताए।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु।’ उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्