सेयर बजारमा दोहोरो अंकको बृद्धि



काठमाडौं : अनलाइन कारेबार शुरु भएयता पहिलोपटक सेयर बजार दोहोरो अंकले बढेको छ । यद्यपि, कारोबार भने १७ करोड ४१ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।  

आज बजार समग्रमा १.१७ प्रतिशतले बढेको हो । वित्त कम्पनी बाहेक सबै समुहमा बृद्धि देखिएको छ । वित्त कम्पनी ०.२५ अंकले घटेको हो । 

सबैभन्दा बढी जीवन वीमा समुहतर्फ ७७.९ प्रतिशतले बृद्धि छ भने नीर्जिबन वीमामा ७५.१४ अंकको बृद्धि छ । आज सबैभन्दा बढी प्रभु बैंकको १ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

दोस्रो बढीमा अपि पावर कम्पनीको १ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनआइसी एसिया बैंक, मेगा बैंक, नेपाल लाइफ इन्सुरेन्स लगायतको कारोबार १ करोड भन्दा कमको छ । 

प्रतिक्रिया दिनुहोस्