
काठमाडौं : प्रहरीले काठमााडौंको कालोपुलबाट चोरी गरेर ल्याउँदै गरेको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बा.९६ प. ७१७७ नम्बरको मोटरसाइकलसहित वारा सिमराका २१ वर्षीय सुवास तामाङ र चावहिल बस्ने २१ वर्षीय प्रदिप नेपालीलाई पक्राउ गरेको हो ।
तामाङ हाल काठमाडौंको जोरपाटीमा डेरा लिएर बस्दै आएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।