कमेडियन अपूर्व क्षितिज रिहा



काठमाडौं । नेवा: समुदायको भावनामा आँच पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंह रिहा भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उपचार गर्नका लागि भन्दै क्षितिजलाई तारेखमा रिहा गरिएको हो । 

कोरोना उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिएकी छन् । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो । 

बुधबार मात्रै  अपूर्वलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले प्रहरीले अनुमति दिएको थियो । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्