चैतन्यले सुशासन र समृद्धि विषयक बौद्धिक बहस गर्ने



काठमाडौं । चैतन्य एकेडेमी नयाँ बानेश्वर शंखमुलले आगामी असोज १ र २ गते सुशासन र समृद्धि विषयक २ दिने आवासीय राष्ट्रिय सेमिनार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा आयोजना गर्ने भएको छ। एकेडेमीले विगत १० वर्षदेखि देशको समग्र विकास, रुपान्तरण एवम् समृद्धिलाई मुख्य विषय मानेर देशमा उपलब्ध विज्ञहरूको सहभागीतामा बौद्धिक आयोजना गर्दै आएको छ।

त्यसैको निरन्तरता स्वरुप यस वर्ष सुशासन र समृद्धि विषयक कार्यक्रम हुन लागेको एकेडेमिका निर्देशक एवम् कार्यक्रम संयोजक गणेश प्रसाद जोशी बताउँछन्। ‘लामो राजनीतिक संक्रमण र २ वर्ष कोरोना महामारीको प्रभावले नेपालको समृद्धि र विकासको यात्राले अपेक्षीत गति लिन नसकेको कुरा आम नेपालीले महशुस गर्दै आएका छन्। सोही कुरालाई मध्यनजर गर्दै हामीले थोरै भए पनि यस विषयमा टेवा पुगोस् भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्नथालेका हौं’ उनले भने।

नेपाल सरकारले पनिसमृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य लिएको बताउँदै यसलाई साकार तुल्याउन भूमिका खेल्नु प्रत्येक नागरिकको कर्तव्य भएको जोशीले बताए। ‘विभिन्न असजह परिस्थितिले मुलुक अप्ठ्यारो व्यहोरी रहेकोछा यतिबेला सबैले सकरात्मक ऊर्जा प्रदान गर्ने कार्यक्रम गर्न आवश्यक छ’ उनले भने।

‘लामो समयको राजनीतिक संक्रमण, विनाशकारी भूकम्पको मार एवम् २ वर्ष बढी समयावधिदेखिको महामारीको मारपछि चौतर्फी समृद्धिको अभीष्टका साथ अघि बढेको देश तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नेपाल सरकारको राष्ट्रिय अभियानलाई साकार तुल्याउन प्रस्तावित २ दिवसीय सेमिनारले सानो सहयोग पुयाउने अपेक्षा यस संस्थाले राखेको छ’ जोशीले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीय लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा देशभित्र उपलब्ध सम्बन्धीत क्षेत्रका विज्ञ एवम् मूर्धन्य व्यक्तित्वहरु तथा रुपान्तरणका लागी सरोकारित सहभागीलाई एकै थलोमा भेला गरी नेपालको चौतर्फी कार्यान्वयनशील आयाम सेमिनारमार्फत पहिचान गर्ने लक्ष्य राखिएको छ ।’ कार्यक्रमको उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने जोशीले बताए।

नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सेमिनार सभाध्यक्ष डा.विमल कोइरालाले ‘सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीु राष्ट्रिय अभियान कसरी सार्थक हुन्छ त ? ’ पूर्वसचिव कोइरालाले भने, ‘यसका व्यवहारिक पक्षहरुका विषयमा सम्बद्ध क्षेत्रका व्यक्तित्वसंग गह छलफल गरी प्राप्त निष्कर्ष र व्यवहारिक सुझावहरु नेपाल सरकारलाई पेस गर्ने छौं।’

राष्ट्र निर्माण सरकारको मात्रै जिम्मेवारी नभएर आम नागरिक, पेसाकर्मी तथा व्यवासायी, शैक्षिक संस्था लगायतको जिम्मेवारीभित्र पर्ने कोइरालाले बताए। सेमिनार आर्थिक, सामाजिक राजनीतिक र शासकीय विषयमा केन्द्रित रहने उनको भनाइ छ।

‘सेमिनारले मुलुकको समग्र विकास, सामाजिक रुपान्तरण, सकारात्मक सोचको विकास तथा आर्थिक समृद्धिलगायत मानव विकाससँग जोडिएका चौतर्फी आयामहरुमा विज्ञको बहस केन्द्रित हुने छ’ उनले भने।

चैतन्य एकेडेमीले राष्ट्रिय महत्वका विषयमा विगत ८ वर्षदेखि नियमित रुपमा राष्ट्रिय सेमिनारको आयोजना गर्दै आइरहेको छ। कार्यक्रममा वक्ता तथा विज्ञहरुका रुपमा सरकारी तथा निजी क्षेत्र गरी ३ दर्जन व्यक्तित्वको सहभागिता रहनुका साथै विभिन्न संस्थाको प्रतिनिधित्व गर्ने करिब २ सय जना सहभागी रहने आयोजकले जनाएको छ।

नेपाल सरकारका कर्मचारी, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरु, प्रदेश सरकारका कर्मचारीहरु तथा जनप्रतिनिधिहरु, उद्ययमी, व्यावसायिक, अध्यापक, शिक्षाकर्मी, विद्यार्थी, इन्सुरेन्स क्षेत्रका प्रतिनिधिहरु, राजनीतिकर्मी, स्वतन्त्र अध्येता एवम् राष्ट्रिय चिन्तन बोकेका सम्पूर्ण व्यक्तित्वको कार्यक्रममा सहभागीता रहने एकेडेमीले जनाएको छ।

कार्यक्रममा आर्थिक समृद्धि, तथ्यमा आधारीत नीति, समृद्धिका लागि अध्यात्म, समृद्धिका लागि अन्तराष्ट्रिय सम्बन्ध र भूराजनीति, राजनीति र कर्मचारी तन्त्रको अर्न्तसम्बन्ध, विकासमा निजी क्षेत्र र उधमशिलतम लगायत विषयमा बहस तथा छलफल हुने बताइएको छ।

कार्यक्रमको सञ्चालन मिडियाकर्मी समा थापाले गर्ने छिन्। कार्यक्रममा एपीवान टेलिभिजनका प्रमुख सम्पादक टिकाराम यात्रीले २ वटा महत्वपूर्ण सेसनको सञ्चालन गर्ने छन्। यस्तै मदन पुरस्कार विजेता साहित्यकार तथा सञ्चारकर्मी डा.नवराज लमसाल, एपीवानका पत्रकार मोहराज शर्मालगायतले पनि कार्यक्रममा सहजिकरण गर्ने छन्।

उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रमको समापन सूचना सञ्चार तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्