डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्वार



डोटी । डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्वार गरिएको छ। उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर-३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्वार सेनाले जनाएको छ।

बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन्। उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्