नेविसंघले गर्‍यो त्रिवि समिति विघटन



काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्।

उनले केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न नपाउने पनि उल्लेख गरेका छन्। ‘आजको मिति सम्म नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालयमा नेतृत्व गर्नुहुने सम्पूर्ण विद्यार्थी नेताहरूलाई धन्यवाद व्यक्त गर्दै अब सङ्गठनलाई एक ढिक्का बनाइ थप सशक्त र सङ्गठित गर्ने दायित्व केन्द्रीय समितिको रहेको हुनाले सोही बमोजिम त्रि.वि.मा सक्रिय साथीहरूसँगको निरन्तर छलफल संवाद र अन्तरक्रियाको मर्म अनुरूप यथाशीघ्र नेविसंघ त्रि.वि. समितिको अधिवेशन गर्नुपर्ने देखिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

त्रिविमा सक्रिय सम्पूर्ण समितिहरू आजकै मिति देखी विघटन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्