गोल्डन ओक १२ औं कृति अवार्डस सम्पन्न



काठमाडौं । नेपाली विज्ञापन श्रृर्जनाको सम्मानार्थ २०६० साल देखि नेपाल बिज्ञापन संघले हरेक बर्ष आयोजना गर्दै आएको कृति अवार्डसको बाह्रौं सस्ंकरण “गोल्डन ओक १२ औं कृति अवार्डस २०७९“ सम्पन्न भएको छ ।

शनिवार होटल सोल्टिमा भव्य समारोहका बिच वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले कार्यक्रमको उद्घाटन उद्घाटन गरेका हुन् ।

साढे ३ घण्टासम्म चलेको कार्यक्रमलाई नेपाल टेलिभिजन लगायत अधिकांश टिभि च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । १२ औं कृति अवार्डसको मुख्य प्रायोजक “गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेका छन ।

भने इन एसोसियन विइथमा डावर नेपालका साथै मुक्तिनाथ बिकास बैक बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैकं लिमिउटेड, आटिपिएफ, सेल पे, सफ्टि हाइजिन, राष्ट्रिय बाणिज्य बैक ,कृषि विकास वैक लिमिटेड,क्युएफएक्स र हस्पिटालिटि पार्टनर सोल्टि होटल रहेका थिए ।

३१ वटा बिभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरुले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सिहरुले ५० वटा पुरस्कार पाएका छन् ।

पुरस्कार पाउने एजेन्सीहरु मध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एडभान्टेज-५, प्रिज्मार्क मार्केटिङ-५, आउटरिच नेपाल-४, डिजिटलइन-४ अभानी एडभर्टाजिंग-३ एएनएस क्रिएसनले-२ र म्याक्स मिडिया, प्रिज्मा एडभरटाईजिङ कन्सर्ट वान, डिएनए टेक्नोलोजी, मार्स प्रा.लि., कि एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले १-१ वटा अवार्ड जितेका छन ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्र्पुण अतिथि महानुभावहरुमा धन्यबाद सहित समापन मन्तव्य राख्दै एजेन्सिहरुको उल्लेख्यनिय सहभागिताको प्रशंसा गरेका थिए ।

भने सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्यालले कृति अर्वाडसको प्रसंसा गर्दै यस्ता श्रृर्जनसिल कार्यक्रमले देशको आर्थिक बिकासमा टेवा पुग्ने बताएका थिए ।
नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ बिधाका उत्कृष्ठ विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डस् प्रदान गर्नुका साथै खादा-माला पहिराई गरि सम्मान गरिएको थियो ।

६ सय जना भन्दा बढि प्रत्यक्ष उपस्थित दर्शक बिच गरिएको उक्त समारोहमा मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन के.सी, दिपक राज गिरिले लगाएत प्रतिष्ठीत उद्योगी ब्यबसायिहरुले विजयीहरुलाई अवार्डस प्रदान गर्नु भएको थियो भने कार्यक्रममा इन्दिरा जोशी साथै अन्य कलाकारहरुले आ–आफ्नो नृत्य तथा कला प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्