केपी ओलीको दाबी : माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन



पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन्।

पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने भविष्यवाणी गरेका हुन्। यस भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे।

थ्रेसहोल्डका लागि आवश्यक पर्ने ३ प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्