प्रधानमन्त्री देउवा र लीबिच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। भेटमा २ पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ। प्रधानमन्त्री देउवाले चीनले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरेका छन्। यस्तै अध्यक्ष लीले नेपाल र चीनको सम्बन्धका बारेमा कुरा राखेका थिए।

सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन्। परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि आजै अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्