बालेनलाई बाबुराम भट्टराईको आग्रह : निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौँ 



काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए ।

भट्टराईले भनेका छन्, ‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृत प्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर (बालेन) का पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।’ तर, निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने भट्टराईले बताएका छन् ।

‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ, समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्