समानुपातिक सूचीबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने बताइएको छ।

बैठक आज अपराह्न ४ बजे बस्ने छ। बैठकमा आगामी निर्वाचनका लागि तयार हुने समानुपातिक सूचीबारे छलफल हुनेछ। निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक सूची बुझाउन दलहरुलाई समय दिएको छ। सोही सूचीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको नेकपा एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्