महोत्तरीमा नेपालबाट निकासी हुँदै गरेको ८० कार्टुन मदिरा बरामद



महोत्तरी । अवैधानिकरुपमा नेपालवाट भारततर्फ लैजादै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय नम्बर प्लेटको गाडी स्कारपियोमा ८० कार्टुन गौरव लेखिएको सोफी मदिरा आज प्रहरीले नियन्त्रण लिएको हो।

महोत्तरी स्थित मनरासिस्वा नगरपालिकाको भारतको दशगजा क्षेत्रमा पर्ने बथनाहा बोर्डर हुँदै नम्बरको गाडीमा राखी लैजादै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीको अनुसार स्कारपियो गाडी १७ लाख ७२ हजार र ७२ हजार बराबरको मदिरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस्